एपीएफ सुर्खेतमा जारी राष्ट्रिय पुरुष भलिबलको फाइनलमा

विभागीय क्लव एपीएफ सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।  कर्णालीको राजधानी सुर्खेतको खुल्लामञ्चमा जारी प्रतियोगितामा एपीएफले पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 
एपीएफले गण्डकीलाई २५–२३, २५–२०, २५–१५ ले पराजित गरेको हो । अब उपाधिका लागि एपीएफले दोस्रो सेमिफाइनलको विजेतासँग विहिबार खेल्नेछ ।  दोस्रो सेमिफाइनलमा दुई विभागीय क्लव त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले अहिले प्रतिस्पर्धा गर्दैछन । 
 

प्रतिक्रिया