प्रेस्टनलाई चार शुन्यले हराउदै चेल्सी एफएकपको चौथो चरणमा

एस्टन भिल्ला, न्युकासल र शेफिल्डपनि अघिल्लो चरणमा

इङलिस प्रिमियर लिग क्लबहरु चेल्सी एफए कपको चौथो चरणमा पुगेको छ । गएराति भएको तेस्रो चरणको खेलमा चेल्सीले प्रेस्टन नर्थ इन्डलाई ४–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा चेल्सीले चार गोल गरेको हो । चेल्सीका लागि अरमान्डो ब्रोजा, थियागो शिल्भा, रहिम स्टार्लिङ र इन्जो फर्नान्डेजले एक–एक गोल गरे । एस्टन भिल्ला, न्युकासल युनाइटेड र शेफिल्ड युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । एफ.ए कपकै अन्य खेलहरुमा एस्टन भिल्लाले मिडिल्सब्रोलाई १–० ले हराउँदा न्युकासल युनाइटेडले सण्डरल्याण्डमाथि ३–० को जित निकाल्यो । यसैगरि शेफिल्ड युनाइटेडले गिलिङ्मलाई ४–० ले पराजित गर्दा लेष्टर सिटीले मिलवाललाई ३–२ ले पाखा लगायो । शनिबार राति बर्नमाउथले क्वीन्स पार्क रेन्जर्समाथि ३–२ को जित निकाल्यो । 
 

प्रतिक्रिया