क्यानको वार्षिक खेल तालिका सार्वजनिक

नेपाल क्रिकेट संघ क्यानले आगामी बर्ष गर्ने खेल गतिविधिको विवरण सार्वजनिक गरेको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पत्रकार सम्मेलन गर्दै क्यानले २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सार्वजनिक  क्यालेन्डरमा उमेर समूहका प्रतियोगिता देखि लिएर महिला तथा पुरुष टोलीको विदेशमा प्रशिक्षण समेटिएका छन । नेपालमा पनि धेरै खाले सिरिजको प्रवन्ध गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । 
सचिव खड्काले नेपालसँग कुनै देशले खेल्न इच्छुक रह्यो भने त्यसलाई क्यालेन्डरमा समावेश गर्ने जानकारी दिए । तालिका अनुसार नेपालले आइसिसी विश्वकप लिग २, टि२० आई सिरिज र ओडिआई सिरिजहरु छन् । सिरिजमा नेपालसँगै महिला क्रिकेट, उमेर समूह र प्रथम श्रेणी जस्ता अन्तर्राष्ट्रिय खेलहरु खेल्नेछन् । क्यानका अनुसार नेपालले फ्रेब्रुअरी १० देखि १४ सम्म क्यानडासँग एकदिवसीय सिरिज खेल्नेछ । त्यस्तै फ्रेब्रुअरी २७ देखि ५ मार्चसम्म नामिबिया र नेदरल्यान्डसँग नेपालले त्रिदेशीय सिरिज खेल्ने तय भएको छ । १९ मार्च देखी ३० अप्रिल सम्म नेपाल ए ले आयरल्यान्ड ए सँग ५ एकदिवसीय र तीन टि२० खेल खेल्ने छ । क्यानले नेपाल प्रिमियर लिगलाई पछि सारेको छ । क्यानले मार्च अप्रिलमा आयोजना गर्ने भनेको प्रतियोगिता अन्तराष्ट्रिय क्रिकेट क्यालेन्डर अनुसार क्यानले अब मंसिरमा गर्ने भएको हो । 
पनि कुनै संस्थाले आयोजना गर्ने विभिन्न प्रतियोगितालाई व्यवस्थित गर्ने पनि क्यानले जनाएको छ ।
 

प्रतिक्रिया