कालोसूचीमा राख्न नौ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण

सार्वजनिक खरिद अनुगमनको कार्यालयले नौ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारमा कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएको हो  । जसअनुसार कार्यालयले ३० दिने स्पष्टीकरण माग गरेकोमा सो अवधिमा जवाफ प्राप्त नभएकाले थप ७ दिन मौका दिएको हो । ७ दिनमा पनि स्पष्टीकरण पेस नगरेमा कार्यालयले कालोसूचीमा राख्नेसम्बन्धी निर्णय गर्नेछ  । स्पष्टीकरण मागिएकाहरुमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स, न्यू भेरी इन्जिनियरिङ वर्कसप, आराभाली इन्फ्रापावर, प्रनिश इन्टरनेशनल र कोशी निर्माण सेवा रहेका छन । दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकोन र जेभी शंकरमाली निर्माण सेवा, मामा भान्जा निर्माण सेवा,  सत्यस्वरी कन्स्ट्रक्सन र पाँचखाल कन्सट्रक्सनसँगपनि स्पष्टीकरण सोधिएको छ । यदि यी कम्पनी कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनि निकायका कुनै पनि कारबाहीमा सहभागी हुन पाउँदैनन् ।

 
 

प्रतिक्रिया