जयेन्दु बाल सुधार गृहमा फेरि तनाव, झैझगडा साथै सुधार गृहमा तोडफोड

बाँकेको डुडुवा गाउँपालिका–६ नौबस्तास्थित जयेन्दु बाल सुधार गृहमा फेरि तनाव सिर्जना भएको छ ।  हिजो दिउँसो तीन–चार बजेदेखि तनाव सुरु भएको हो ।  बालसुधार गृहमा राखिएकाहरु आफू–आफूमा लड्ने र सुधारगृह तोडफोड गर्ने गरेको प्रहरीको भनाइ छ । घटनामा केही व्यक्तिहरु सामान्य घाइते भएका छन् । उनीहरुले कसैलाई पनि सुधारगृह भित्र प्रवेश गर्न नदिएकाले भित्रको अवस्था विस्तृतमा थाहा हुन नसकेको बताइएको छ ।  गएराति मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितको टोली सुधारगृह पुगेर फर्किएको थियो । यसअघि पनि बाँकेको जयेन्दु बालसुधार गृहमा झडप, आगजनी र तोडफोडका घटना भएका थिए । सो घटनामा परी रुपन्देहीका २१ वर्षीय युवकको ज्यान समेत गएको थियो भने एक दर्जन बढी घाइते भएका थिए ।
 

प्रतिक्रिया