पर्वतको मोदी गाउँपालिकाका मात्रै १८ वटा भ्रष्टाचारको उजुरी दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कास्कीमा  पर्वतको मोदी गाउँपालिकाका मात्रै १८ उजुरी दर्ता भएका छन । आयोगले गरेको अन्र्तक्रियामा १८ उजुरी मध्ये ४ को फस्र्योट भएको र अन्यको अध्ययन भैरहेको जानकारी दिइएको हो । गाउँपालिकाका विकासका काम विद्यालय  र वडा कार्यलयको भवन  र सामुदायिक वन सडकका बारेमा उजुरीहरु परेको अख्तियारले जनाएको छ । 
अन्र्तक्रियामा सहभागी जनप्रतिनिधिहरुले भने बढदो उजुरीका कारण स्थानीय सरकार प्रति जनतामा निरासा पैदा गर्ने खालको  काम भईरहेको बताउँदै उजरीकर्ता  उपर पनि छानविन हुनुपर्ने बताए । उता कर्मचारीले भने जन प्रतिनिधि र कानुन दुबैको दवावमा बसेर काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । 
कानुनी प्रक्रिया र व्यवहारिक पाटो फरक फरक हुने हुँदा कर्मचारीले काम गर्ने समस्या भएको गुनासो समेत अख्तियार समक्ष गरेका छन । कर्मचारी र शिक्षकहरुविचको बेमेलले पनि पनि अनावश्यक उजुरी पनि अख्तियारमा पर्ने गरेको अन्र्तक्रियामा जानकारी दिइएको थियो । 
 

प्रतिक्रिया