ललितपुरको जिम्दीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ मेडिकल कलेज (केएमसी) ले ललितपुरको जिम्छेमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ज्येष्ठ नागरिक चौतारी बागमती गाउँपालिका वडा नं ७ जिम्दीको आयोजनामा श्री नारायणी माविमा भएको उक्त शिविरमा  ८९ जनाको ईसीजी, १६८ जनाको ल्याब, १३५ जनाको अल्ट्रासाउन्ड गरिएको थियाे भने  २२ जनाको दाँत खोलिएको र ४६ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको थियो ।  शिविरवाट ९७३ बिरामी उपचार पाएर लाभान्वित भएका छन्। 

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसी संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय देखिएको छ । अस्पतालले निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । प्रबन्धक दाहालका अनुसार अस्पतालमा पनि बिरामीले सहुलियत पाइरहेका छन् । 

प्रतिक्रिया