लुम्बिनी प्रदेशमा अन्धोपनका बिरामी बढे

लुम्बिनी प्रदेशमा अन्धोपनका बिरामी बढेको पाइएको तथ्याङ्क सार्बजनिक भएको छ । साविक राप्ती अञ्चलमा मात्रै शुन्य दशमलब ८७ प्रतिशत अन्धोपनाका बिरामी थिए । पछि सन २०१० मा गरिएको एक सर्वेक्षणमा त्यो संख्या घटेर ०.१३ मा झरेको थियो । हाल लुम्बिनी प्रदेशमा अन्धोपनाका बिरामी बढेका राप्ती आँखा अस्पतालले जानकारी दिएको छ । 
प्रदेशका १२ वटै जिल्लामध्ये रुपन्देही जिल्लामा २३ हजार ७ सय ८५ जना मोतिबिन्दुका बिरामी छन । यो सबैभन्दा धेरै संख्या हो । हालसम्म एक हजार बढीलाई क्रनियाको सेवा प्रदान गरिसकेको राप्ती अस्पतालले जनाएको छ । 
कार्यक्रममा उज्यालो कार्यक्रमलाई पुर्ण रुपमा सफल पार्न आँखा अस्पतालसँग सहकार्य गर्ने तुलसीपुर उपमहानगरले प्रतिबद्धता जनाएको छ । नेपालमा दृष्टिविहिनताको अवस्था हेर्दा अझैपनि १ लाख ३० हजार व्यक्तीहरु दृष्टिविहिन छन ।
 

प्रतिक्रिया