महिला हत्या गरेर फरार अभियुक्त ६ बर्षपछि पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ सालमा काठमाडौंको बल्खुमा महिलाको हत्या गरेर फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. १४ का ३७ वर्षीय जगत विश्वकर्मा रहेका छन् । ०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडी बोक्सी दह डाँडामा नारायणी तिमल्सिनाको हत्या गरी विश्वकर्मा फरार रहेका थिए । सोही घटनाका आरोपी धादिङका शिवराम अधिकारी चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ । 
मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको प्रहरी अनुसन्धानमा खुलेको छ । शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भुपु आर्मिसँग विवाह गराइदिन्छु भन्दै उनीसँग भएको पैसा लुटेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
 

प्रतिक्रिया