भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन वान भेटियो

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन वान भेटिएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले भारतमा नयाँ भेरिएन्ट जे एन वान अर्थात भेरिएन्ट अफ इन्टरेस्ट पुष्टि भएको जनाएको हो । कोरोना भाइरसका अन्य ‘उपप्रजाति’ को तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्ने बताइएको छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको भाइरोलोजिस्टले बताएका छन । विश्व स्वास्थ्य संगठनको अनुसार नयाँ भेरिएन्टको संक्रमण ज्वरो, नाक बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, र पेट दुख्ने र पखाला जस्ता लक्षण देखिन्छन् । अमेरिकाको संक्रमण नियन्त्रण केन्द्रका यो अमेरिका सबभेरिएन्ट बीए २ दशमलब ८६ को वंशज हो । कोरोना भाइरसले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा सर्तक हुनुपर्ने जनस्वास्थ्य विज्ञको भनाइ छ ।  भारतमा पनि नयाँ भेरियन्ट पुष्टि हुनुले नेपालमा पनि जोखिम थपिएको भन्दै सरकारले पनि अनुवांशिक अर्थात जीन सिक्वेन्सिङ सुरु गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नोभेम्बरमा रिपोर्ट गरिएका संक्रमितको रिपोर्ट बिहीबार आउने जनाएको  छ । 

प्रतिक्रिया