मकवानपुरको नकौलीमा स्वास्थ्य चौकी उद्घाटन

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ को बिकट क्षेत्र नकौलीका बासिन्दाले सिटामोल किन्न पनि हेटौडा बजार जानुपर्ने बाध्यता हटेको छ । हेटौंडा उपमहानगरपालिकाले बिकट क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरेको स्वास्थ्य चौकीले गाउँघरमै उपचार सेवा दिन थालेको हो । स्वास्थ्य चौकीको उदघाटद गर्दै उपमहानगर प्रमुख मीनाकुमारी लामाले स्वास्थ्य चौकीबाट उपचार सेवालाई परिस्कृत गर्दै लैजाने प्रतिबद्धता जनाइन । 
स्वास्थ्थ चौकीको उद्घाटन सँगै आयोजित महिलाहरु लक्षित पाठेघर, स्तन क्यान्सर तथा प्रजनन् स्वास्थ्य शिविरमा स्थानिय १ सय जनाले सेवा लिएका छन । उपमहानगरले नगरवासीको स्वास्थ्यलाई ध्यान दिँदै करिब २०७६ बाट निर्माण थालेको स्वास्थ्य चौकीबाट खानेपानीको अभाबका कारण महिनामा एक पटक मात्र सेवा दिर्दै आएको थियो । उपमहानगरको स्वास्थ्य शाखाले गत बर्षबाट नियमित सेवा दिने व्यवस्था मिलाएको थियो । स्वास्थ्य चौकीवाट ध्याङसिंटार, बाँझोडाँडा घट्टेडाँडा, नेकपानी सहित हेटौंडा १९ को डुमाले, कुवापानी क्षेत्रमा बासिन्दाले उपचार सेवा पाउनेछन । 

प्रतिक्रिया