नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक

औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ ।  विभागले प्राविधिक मूल्याङ्कनका गुणस्तर पूरा नभएको देखिएको आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको हो । उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीका रहेका छन । लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजीको उत्पादनमा रोक लगाइएको हो । यस्तै लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजीको पनि उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ । यी औषधी नेपाली कम्पनीबाट उत्पादन हुँदै आएका थिए । 

प्रतिक्रिया