गोली चलाएर लागु औषध कारोबारी नियन्त्रणमा

ललितपुरको झम्सीखेलमा आज दिउसो गोली चलेको छ । ललितपुर महानगरपालिका–१४ झम्सीखेलमा प्रहरीले गोली चलाएर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन् । राईको दाहिने खुट्टामा गोली लागेको छ ।  उनको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ । उनीबाट प्रहरीले कटुवा पेस्तोल र लागु औषध पनि बरामद गरेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया