निजी क्षेत्रका व्यक्तिलाई चिकित्सा आयोगको सदस्य बनाउन खोजिएको भन्दै डा. केसीको आपत्ति

सामाजिक अभियन्ता डा. गोविन्द केसीले निजी स्वास्थ्य संस्थामा कार्यरत व्यक्तिलाई चिकित्सा शिक्षा आयोगको सदस्य बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । छनोट प्रक्रियामा देखिएको अन्योलप्रति ध्यानाकर्षण जनाउँदै डा केसीले स्वार्थ बाझिने गरी छनोट गर्न नहुने बताएका हुन । सिफारिस समितिले आवेदन दिएका इच्छुकहरु मध्येबाट योग्यतम व्यक्तिलाई पाखा लगाएर स्वार्थको द्वन्द्व हुने गरी निजी संस्थामा काम गरिरहेका कैयौं उम्मेदवारहरुलाई प्रारम्भिक सूचिमा राखिएको भन्दै केसीले आपत्ति जनाएका हुन । आफूले बारम्बार चेतावनी दिइरहँदा पनि खुलेआम त्यस्तो सिफारिस भएको बताउँदै डा केसीले सरकार र राजनीतिक  दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागबण्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको उल्लेख गरेका हुन । आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल आफूलाई स्वीकार्य नहुने उनको भनाइ छ । 
 

प्रतिक्रिया