१२ वटा निर्माण तथा आपूर्ति कम्पनी फेरि कालोसूचीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई फेरि कालोसूचीमा राखेको छ । एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साँढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका हुन । कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ । त्यस्तै पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवालाई दुई वर्ष कालोसूचीमा राखेको छ । त्यस्तै, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष कालोसूचीमा राखिएको छ । पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई डेढडेढ वर्ष कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया