त्रिभुवन विमानस्थलबाट चौध किलो सुनसहित दुईजना पक्राउ

त्रिभुवन विमानस्थलबाट करिब चौध किलो सुनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका चन्द्र घले र मीनबहादुर घले रहेका छन । चन्द्र घलेलाई भरिया बनाएर मीनबहादुरले सुन ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा सो सुन बरामद गरेको हो । दुबईबाट एक यात्रुले ठुलो परिमाणमा सुन बोकेर ल्याउँदै छन् भन्ने विशेष सूचनाको आधारमा तयारी अबस्थामा बसेको भन्सारको टोलीले फ्लाई दुबईको उडान नम्बर एफजेड ५ सय ७३ बाट काठमाडौँ आएका चन्द्र घलेले ज्याकेटभित्र सुन राख्न प्रयोग हुने छुट्टै झोला बनाएर भित्री ज्याकेट र जुत्तामा समेत सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको हो । चन्द्रकै बयानका आधारमा मीनबहादुरलाई प्रहरीले धुम्बाराहीवाट नियन्त्रणमा लिएको छ ।  पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको छ । बरामद भएको सुनको आज गुणस्तर परीक्षण हुने बताइएको छ । 


 

प्रतिक्रिया