काठमाडौँको न्यूरोडबाट झण्डै ८ किलो अवैध सुन बरामद

काठमाडौंको न्यूरोडबाट प्रहरीले सात किलो आठ सय ग्राम अवैध सुन बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीका पदमप्रसाद पाण्डेलाई अबैध सुनसहित नियन्त्रणमा लिएको हो । पाण्डेको न्यूरोडस्थित ‘ओमपाल गोल्डसप प्रालि’ सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो । बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको थियो । बरामद सुनबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । तस्करी गरी ल्रुयाएको सुन बिक्री गर्ने गरेको जानकारीका आधारमा प्रहरीले पसलमा छापा मारेको हो । पाण्डेले न्यूरोडमा सुन पसलसँगै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको प्रहरीको भनाइ छ । 
 

प्रतिक्रिया