रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाण्डौका विभिन्न ठाउँमा केही दिनदेखि चलाएको ‘अप्रेशन’ का क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् । पक्राउ परेकासँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पछिल्लो समय युक्रेनसँगको युद्धका लागि रुसले धमाधम विदेशीका लागि पनि भर्ती खोलेपछि नेपाली युवाहरु अवैध बाटो हुँदै त्यहाँ जाने क्रम बढेको हो । हालसम्म अवैध रूपमा रुसी सेनामा गएका छ जना नेपाली युवाको मृत्यु भएको छ । 

प्रतिक्रिया