जिम्मेवारी पूरा नगर्ने पाँचवटा कम्पनी कालोसूचीमा

सरकारले तोकिएको समयमा दिइएको जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न पाँचवटा कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।  सार्वजनिक खरिद ऐन बमोजिम पाँचवटा निर्माण व्यवसायी आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको हो । सडक विभाग अन्तर्गतको मध्यपहाडी राजमार्ग निर्देशनालयको फिदिम पाँचथरमा निर्माणाधिन दुई वटा सडक खण्डको काम अलपत्र पार्ने भारत कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा र सिद्धि साई प्रकाश कन्स्ट्रक्सन जेभी कालोसूचीमा परेका छन । यस्तै, यसै आयोजनाको अर्को खण्डको सडक निर्माण गरिरहेको मैनाचुली र सिद्धि साई जेभी र गाउँपालिकाहरुको काम अलपत्र पार्ने शेर्पा कन्स्ट्रक्सन, हेना कन्स्ट्रक्सन र सनामी कन्स्ट्रक्सन, कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स तथा इजोन निर्माण सेवा पनि कालोसूचीमा परेका छन् । यी कम्पनीहरुले अबको १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक काममा ठेक्का लिन पाउने छैनन् । कार्यालयले यसअघि गएको १५ गते १४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको थियो । 

प्रतिक्रिया