सिरहाको कमला नदीमा तन्त्रमन्त्र सिद्ध गर्न भुत मेला

तराई मधेशको प्रसिद्ध धार्मिक नदी मानिएको कमला नदीमा आजबाट भुत मेला सुरु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित उत्तरवाहिनी नदीमा प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिन भुत मेला लाग्ने गर्दछ । मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सिमाबर्ती भारतको मधुबनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका लाखाौरु मानिस सिरहा र धनुषा स्थित कमला नदीमा स्नानका लागि पुगेकाच छन । कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने जनविश्वास रहेको छ।भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन् र  जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ । कमलानदीको छेउमा इनर्वा, पटहेर्वा, बसपिट्टा, सारस्वर, चतरी, चिकना, बन्दीपुर, त्रिवेणी र भारतको जयनगर लगायत अन्य कमलानदीको किनारमा धामीझाँक्री,र भूतप्रेतबाट पिडितहरुको धुइचो कार्तिक पूर्णिको दिन लाग्नेको गरेको छ । आफनो शरीरमावास बस्न आएका देवतालाई पवित्रपार्न तथा शरीरमा देवीदेवताको स्थायीवासकालागि र वर्ष भरीका पापबाट मुक्तहुनको लागि कार्तिक शुल्क पूर्णिमाका दिन धामीझाँक्री, बोक्साबोक्सी र सर्वसाधारण कार्तिक पूर्णिमा स्नानगर्ने गरेको छ । कात्तिक पूर्णिमाको दिन स्नान, दान र ब्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ ।
 

प्रतिक्रिया