चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट दुई गैँडा मारिए

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैंडा मारेका छन् । निकुञ्जको पूर्बी सेक्टर अन्तर्गत चपरचुली पोष्टबाट साढे ३  किलोमिटर दक्षिण पूर्बमा खाल्टोमा पारेर गैंडा मारिएको निकुञ्जले जनाएको छ । निकुञ्जका  अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथि गैंडा खाल्टोमा परेर मरेको अबस्थामा भेटिएको हो । दुबै गैंडाको खाग तस्करले लगेका छन् । ६ वर्षको गैंडा मृत भेटिएको खाल्टो नयाँ हो भने अर्को गैंडाको खाल्टो तुलनात्मक रुपमा केही पुरानो देखिएको निकुञ्जको भनाइ छ । बिहिबार साँझ मात्र घटनाको बिबरण आए लगत्तै निकुञ्जले अनुसन्धान थालेको छ । यस वर्ष निकुञ्जमा चोरी शिकारीबाट पहिलो पटक गैंडा मरेका हुन । प्राकृतिक कारणले पाँचवटा गैंडा मरेका छन् । २०७९ माघ ६ गते  चोरी शिकारीले अमलटाँरी क्षेत्रमा दुईवटा गैंडा मारेका थिए । अहिले गैडा मारेको स्थान नियमित गस्ती भइरहने ठाउँ भएकोले कसरी तस्करले गैडा मार्न सफल भए भन्ने गम्भीर अनुसन्धानको बिषय भएको संरक्षणकर्मिले बताएका छन् ।

प्रतिक्रिया