पूर्वराजा शाहले शुभसाइतमै लगाए बहिनी शोभाबाट भाइटीका

पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाएका छन् । पूर्व राजा शाहले भाइटीकाको शुभसाइत १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।   कमलादीस्थित बहिनी शाहीको घरमा पुगेर पूर्वराजा शाहले टिका तथा आशिर्वाद ग्रहण गरेका थिए । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गरिन्छ ।।
 

प्रतिक्रिया