रानीपोखरीको बालगोपालेश्वर मन्दिरको आज विहानै देखि खुला

दाजुभाइ दिदीबहिनी नहुनेले मन्दिरमा गएर टीका लगाउँदै

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुलेको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुल्ने भएकाले त्यसका लागि सबै व्यवस्थापनको मिलाइएको काठमाडौँ महानगर पालिकाले जनाएको छ । भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ मा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ । 
 

प्रतिक्रिया