नेपाल संवत ११४४ को स्वागतमा काठमाडौंमा भिन्तुना ¥याली

नेपाल संवत् ११४४ को अवसरमा आज काठमाडौंमा भिन्तुना ¥याली निकालिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाको दिन  नेवार समुदायले नयाँ वर्ष नेपाल संवत मनाउने गर्दछन् । नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११३८ को स्वागतार्थ नेवार समुदायले सांस्कृतिक झाँकी सहित ¥याली निकालेका हुन । 
नेपालीको महान पर्व तिहार अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल सम्वत प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष ¥याली निकाल्ने गरिन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल मण्डलका गरिब जनताको सबै ऋण तिरी सबैलाई ऋण मुक्त गरिदिएको सम्मानमा नेपाल संवत् मनाउन सुरु गरेको मानिन्छ ।

प्रतिक्रिया