उपत्यकामा रातभर देउसी र भैलो खेल्न पाइने

काठमाडौँ उपत्यकामा रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरिएको छ । तिहारको अवसरमा काठमाडौँ उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  इच्छुकहरुलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन चाहिँ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण गर्न आग्रह गरेको छ । दीपावली गर्दा आगलागी हुने जोखिम हुनाले सचेतता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यस्तै जुवातास र लङ्गुरबुर्जा खेल्न र खेलाउन भने कडाइ गरिएको छ । 

प्रतिक्रिया