तिथि घटबढकै कारण म्हपुजा र किजापुजा फरक–फरक दिनमा

तिथि घटबढकै कारण काठमाडौं उपत्यकाका नेवार समुदायले म्हपुजा र किजापुजा अर्थात् भाइटीका फरक–फरक दिनमा मनाउने भएका छन् । भक्तपुर र ललितपुरमा २७ गते म्ह ः पुजा र २८ गते किजापुजा गरिने भएको हो । काठमाडौंका नेवारुर समुदायले भने एक दिन पछि मनाउने भएका छन् । तिथि घटबढका कारण तिहार अर्थात् स्वन्ती नख कहिले मनाउने भने अन्योल उत्पन्न भएपछि भक्तपुरमा बसेको सर्वपक्षीय बैठकले आज अपरान्ह दुई बजेर ४१ मिनेटपछि प्रतिपदा तिथि शुरु हुने भएकाले म्ह पुजा गर्ने निर्णय गरेको हो । कार्तिक २८ गते अपरान्ह २ बजेर ३८ मिनेटमा द्वितिया तिथि लाग्ने भएकाले सोही दिन किजापुजा अर्थात भाईटिका गर्ने निर्णय पनि बैठकले गरेको छ । ललितपुरमा भने हिरण्यवर्ण महाविहार, ज्योतिषि जोशी नाईके, नेपाल भाषा मंका खल, ज्यापु समाजसहित २१ वटा जाति समूहको बैठकले आज म्ह पुजा र २८ गते किजापुजा भाइटीका गर्ने निर्णय गरेको छ । तर नेपाल सम्वतको नयाँ वर्ष भने २८ गते प्रारम्भ हुने भएकाले सोही दिन मनाउने निर्णय भएको छ । काठमाडौंमा नेवार समुदायले म्ह पुजा र किजापुजा फरक दिनमा मनाउने भएका छन् । नेवा देय दबुसहित जातीय संघसंस्थाको बैठकले २८ गते म्ह पुजा र २९ गते किजा पुजा अर्थात् भाइटिका गर्ने निर्णय भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने गोवर्द्धन पुजा र म्ह पुजा २८ गते तथा भाइटीका २९ गते परेको जनाएको छ । प्रतिपदाकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि २८ गतेदेखि सुरु हुने समितिको भनाइ छ । प्रतिपदाकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि २८ गतेदेखि सुरु हुने समितिको भनाइ छ ।
 

प्रतिक्रिया