लक्ष्मीपूजाको दिन १३९७ मेगावाट बिजुली माग हुने प्रक्षेपण

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीको पूजाको दिन आज साँझ एक हजार ३ सय ९७ मेगावाट बिजुली उच्च माग पिक डिमान्ड पुग्ने प्रक्षेपण गरिएको छ ।  प्राधिकरणले गत वर्षको लक्ष्मी पुजाको दिनको तुलनामा ९२ मेगावाट पिक डिमान्ड बढ्ने प्रक्षेपण गरेको हो । गत वर्ष विद्युत माग १ हजार ३ सय ५ मेगावाट पुगेको थियो । प्राधिकरणले मातहतका सबै निकाय र कर्मचारीलाई लक्ष्मी पूजाको दिन कुनै समस्या नआओस् भनेर ‘सजग’ रहन निर्देशन दिको छ । लक्ष्मी पूजाको लागि सबै तयारी गरेर पर्याप्त बिजुली दिन प्राधिकरण तयार अवस्थामा छ । प्रसारणलाइन सट डाउन गरेर प्राधिकरणले मर्मत र स्तरोन्नतिको काम भइरहेकोमा पनि रोकिएको छ । सात वर्ष पहिले अर्थात् २०७३ को लक्ष्मी पूजाकै दिन १८ घण्टासम्मको लोडसेडिङ अन्त्य भएको थियो । प्राधिकरणले प्रणालीमा पर्याप्त बिजुली रहेका कारण लक्ष्मी पूजाकै दिन ५०० मेगावाट बिजुली भारत निर्यात गर्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांक अनुसार अहिले समग्र सिस्टमको पिक डिमान्ड एक हजार ९ सय ८५ मेगावाट रहेको छ। जसमा नेशनल पिक डिमान्ड एक हजार ५६७ मेगावाट रहेको छ । औद्योगिक लोड घटेसँगै नेशनल पिक डिमान्ड पनि घटेको छ। प्राधिकरणका अनुसार केही दिन पहिलेसम्म एक हजार ७ सय  मेगावाट नेशनल पिक डिमान्ड छ । नेपाल विद्युत् प्राधिकरणले ९ हजार ६६८ मेगावाट आवर, प्राधिकरणको सहायक कम्पनीले ७ हजार ४१९ मेगावाट आवर, निजी क्षेत्रले २१  हजार ३१६ मेगावाट आवर उत्पादन गरिरहेका छन । आन्तरिक खपत भएर बढी भएको ८ हजार ९५४ मेगावाट आवर बिजुली भारत निर्यात भइरहेको छ।

प्रतिक्रिया