जनचेतनामूलक लाइभ प्रस्तुतिबाट डाक्टर ओममूर्तिले राखे विश्व रेकर्ड

बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम भएको जानकारी आज पत्रकार सम्मेलनमार्फत दिएका हुन । फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा उनले गिनिज वल्र्ड रेकर्डस् कायम गरेका हुन । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुने आशा गरिएको डाक्टर ओममूर्तिले जानकारी दिए । 
डाक्टर ओममूर्तिले सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास समेत प्रकट गरे । असोज १२ गते साँझ ७ बजेर १५ बजेदेखि सुरु भएको आधा घण्टा लामो प्रस्तुतिमा ११ हजार २ सय १२ सय जनाले एकैपटक प्रत्यक्ष हेरेका थिए । डा ओममूर्तिको ३० मिनेट लामो सो फेसबुक लाइभलाई नौ हजार जनाले शेयर गरेका थिए । लाइभ सकिदासम्म १ लाख ५० जनाले हेरेका थिए । लाइभ प्रस्तुतिपछि गिनिज वल्र्ड रेकर्ड’का मापदण्ड पूरा गरी दाबी पेश गरेका थिए । त्यसको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो । डा ओममूर्तिले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन ।

प्रतिक्रिया