काठमाडौँमा राति एक बजेसम्म देउसी खेल्न पाइने

काठमाडौँ महानगरपालिकाले महानगरभित्र राति एक बजेसम्म देउसी खेल्न पाइने जनाएको छ । महानगर प्रमुख बालेन्द्र शाहले आज सामाजिक सञ्जाल मार्फत महानगरभित्र राति १ बजेसम्म देउसी खेल्न पाइने जानकारी गराएका हुन । विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगर भित्र राती ९ बजेसम्म मात्र अनुमति दिइएको थियो । तर यो वर्ष काठमाडौँ महानगरका नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको हो । महानगरले निर्धारित समयमा समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न समेत अनुरोध गरेको छ । महानगरले प्रहरी र स्थानीय प्रशासनलाई समेत सोही आधारमा सुरक्षा प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।
 

प्रतिक्रिया