भक्तपुरको प्रजापती समुदायलाई माटोको पाला बनाउन भ्याइनभ्याइ

तिहार लागेसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापती समुदायलाई भ्याइनभ्याइ छ ।  दशैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापती समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याइनभ्याइ भएको हो । यो वर्षको तिहारमा माटामा पाला लगायतका भाँडाहरु मागअनुसार बनाउन नसकेको प्रजापतिहरुको भनाइ छ । 
अन्य समयमा भन्दा तिहारको समयमा धेरै माग हुने गरेको व्यवसायीहरु बताउँछन् । विगतमा सित्तैमा पाउने माटो समेत किन्नुपर्ने भएकाले पाला लगायतका माटोका भाँडा बनाउने पेशा संकटमा परेको छ । माटोका भाँडाहरु पोल्न स्थानको अभावपनि कायमै छ । भक्तपुरका प्रजापती समुदायले बनाएको माटोको पाला उपत्यका तथा बाहिर निकै परिचित छ ।

प्रतिक्रिया