पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका उपचार सेवा ठप्प

पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । हिजोदेखि अस्पतालको आकस्मिक बाहेक उपचार सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामी मर्कामा परेका छन् । बहिरंग सेवा ‘ओपिडी’ लगायत सेवाका लागि गएका बिरामीहरु त्यसै फर्किन बाध्य भएका छन । यसैबीच, जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, डाक्टर र सरोकारवालाहरूलाई स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ । स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न प्रहरीले अपिल गरेको हो । अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरी आन्दोलन थालेपछि प्रहरीले सेवा सञ्चालनको अनुरोध गरेको हो । शनिवार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको मृत्यु भएको घटनालाई लिएर आफन्तले स्वास्थ्यकर्मीमाथि र्दुव्यवहार गरेका थिए । त्यसपछि चिकित्सकहरु दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्र्रेका हुन । 
 

प्रतिक्रिया