आरती साह प्रकरणमा एसपी खड्का हेडक्वार्टर तानिए

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन् ।  गृह मन्त्रालयको निर्देशनपछि एसपी खड्कालाई हेडक्वार्टर तानिएका हुन । उनलाई अपराध अनुसन्धान विभागमा काजमा खटाइएको छ । यस प्रकरणमा प्रहरीको शंकास्पद भूमिका भएको आरतीका परिवारले आरोप लगाउँदै आएका छन । प्रहरी नायव उपरीक्षक खड्काले वेदप्रकाश गौतमले आफूहरूलाई कुटपिट गरेको भन्दै निलम्बनको माग गर्दै आएका थिए ।  गौतमको यसअघि नै सरुवा भइसकेको छ । यसैविच गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई वार्तामा बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको हो । जनकपुर– ९ थापाचोककी २२ वर्षीया आरती साहको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो । खड्का सहितका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै साहका बुवा र आमा सहितका परिवारका सदस्यहरू १५५ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका छन् । 
 

प्रतिक्रिया