तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने

यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुमान गरेका छन । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् । तिहारमा लक्ष्मीपूजा, घरआँगन सजाउनेदेखि भाइटीकामा लगाउनका लागि सयपत्रीको माला धेरै प्रयोग हुन्छ । गत वर्ष तिहारमा २५ लाख गोटा सयपत्रीको माला खपत भएका थिए । बजारमा माग बढेसँगै अघिल्लो वर्षको तुलनामा बढी माला खपत हुने व्यवसायीले अनुमान गरेका हुन । सरकारले पुष्पजन्य उत्पादनमा मूल्य अभिवृद्धि कर भ्याट लगाएका कारण यसपालि मालाको मूल्यसमेत बढ्ने भएको छ । यो बर्ष बजारमा प्रतिगोटा सयपत्री मालाको थोक मूल्य प्रतिमाला ७५ र खुद्रा मूल्य १२५ रुपियाँ पुग्ने व्यवसायीको अनुमान छ  । गत वर्ष मालाको मूल्य प्रतिगोटा ५० देखि एक सय रुपियाँसम्म थियो । यस वर्ष ८० प्रतिशत स्थानीय उत्पादनले बजार माग धान्ने र २० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीको भनाइ छ । 

प्रतिक्रिया