रिगल बाँके कारागार चलान

सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका रिगल भनिने योगराज ढकाल कारागार चलान भएका छन । प्रहरीले जिल्ला अदालत बाँकेमा बुझाएसँगै अदालतले पुर्पक्षका लागि बाँके कारागार चलान गरेको छ । सर्वोच्चको फैसलासँगै सजाय माफी बदर भएसँगै प्रहरीले उनलाई बाँकी सजाय भुक्तानका लागि काराबार चलान गरिएको अदालतले जनाएको छ । अदालतले कर्तव्य ज्यानमुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैद सजाय माफी दिने निर्णय गरेका थिए । सो निर्णय विरुद्ध पीडित भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सो रिटमा फैसला सुनाउँदै सर्वोच्चले बिहीबार सजाय माफी बदर गरेको थियो । नेपालगन्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो । 

प्रतिक्रिया