नेपालमा पक्षघात भएकामध्ये दश प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क, बर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्न चिकित्सकको सुझाव

काठमाडौ । आज विश्व पक्षघात दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । ‘हामी सबै मिलेर काम ग¥यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ दिवसको अवसरमा आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र स्वास्थ्य सेवा केन्द्रहरुले जनचेतनामुलक कार्यक्रम गरेका हुन । सो क्रममा सचेतनामुलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको छ । पक्षघात धेरैजसो वृद्धहरुमा हुने भएकाले वर्षमा एकपटक पूर्ण रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ । बालबालिकामा पनि पक्षघातको समस्या बढ्दै गएकाले सचेत र सजग रहन उनीहरुले आग्रह गरेका छन । अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आउने जस्ता लक्षण देखिए छिटोभन्दा छिटो अस्पताल पुग्न चिकित्सकको सुझाव छ । विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षघात हुने गरेको छ । नेपालमा अहिले पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया