ट्रमा सेन्टरका ८० प्रतिशत बिरामी शल्यक्रिया गर्नुपर्ने अवस्थामा

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको शल्यक्रिया हुने गरेको छ । अस्पतालमा दैनिक करिव चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको शल्यक्रिया हुने गरेको हो । हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको शल्यक्रिया भैरहेको छ । सेवा प्रवाहलाई चुुस्त दुरुस्त बनाउन जनशक्ती अभाव रहेको केन्द्रले जनाएको छ । दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता छ । 
झन्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेका छन । ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामीहरु मर्कामा परेको छ ।
सरकारी तवरमा रिहाव सेन्टर नहुँदा निजीमा पठाउन बाध्य भएको भन्दै त्यसका लागि लविङ गरिरहेको सेन्टरले जनाएको छ । स्पाईन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामीहरु अप्रेसन गरिसकेपछि पुनःस्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने चिकित्सक बताउछन । अहिले अस्पतालबाट अनलाईन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै छ ।  अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शैय्या सञ्चालनमा रहेका छन । 

प्रतिक्रिया