विजयादशमीके तेस्रो दिन: दशैंको टीका–जमरा थाप्ने क्रम जारी

आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद टीका–जमरा थाप्न र आशीर्वाद लिने क्रम जारी छ । दुर्गा देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।  नेपालका केही जिल्लामा भने विजया दशमीका दिन मात्र टीका–जमरा लगाउने र आशीर्वाद थाप्ने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ । सरकारी कार्यालयहरु पनि आजसम्म बन्द रहेका छन् । मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैं सुरू भएको हो । 
 

प्रतिक्रिया