कैलालीको गेटामा एक सय शैय्याको अस्पताल सञ्चालनमा

कैलालीको गेटामा आजदेखी एक सय शैय्याको अस्पताल सञ्चालनमा आएको छ । गेटा अस्पतालबाट बहिरंग, हाडजोर्नी तथा नसारोग, स्त्री सेवा, शल्यक्रिया, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा उपलब्ध हुन थालेको  हो । अस्पताल सञ्चालनका आएसँगै कैलालीका बासिन्दाले सहज रुपमा स्तरीय उपचार पाउने भएका छन । 
साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, आकस्मिक सेवा र प्रसुती सेवा पौष महिनाभित्र सञ्चालनमा आउने भएको छ । शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ । अस्पतालका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएको छ । गेटा अस्पताललाई एक सय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो ।
 

प्रतिक्रिया