इजरायलद्वारा गाजास्थित एक अस्पतालमा आक्रमण, कम्तिमा पाँच सय जनाको मृत्यु

इजरायलले गाजाको एक अस्पतालमा गरेको हवाई आक्रमणमा ५ सयभन्दा बढीको मृत्यु भएको छ । मंगलबार राति इजरायलले अल अहली अरब अस्पतालमा हवाई आक्रमण गर्दा ठूलो मानविय क्षति भएको हो । सयौं मानिस भग्नावशेषमा फसेको बताइएको छ । अस्पतालको धेरै भाग आगोले जलेर नष्ट भएको छ । अस्पतालमा रगतले लतपतिएका र अशक्त घाइतेलाई अन्धकारमा स्ट्रेचरहरूमा बाहिर निकालिएको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन । अस्पताल परिसरमा रहेको हलमा सयौं विस्थापित व्यक्तिले आश्रय लिएको बताइएको छ । इजरायली सेनाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्यालेस्टिनी अतिवादी समूह हमासले यसलाई युद्ध अपराध भनेको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।। 
 

प्रतिक्रिया