पूर्वराजा शाहले शुभेच्छुकलाई विजय दशमीको टीका लगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ । सो दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । अघिल्ला बर्षहरुमा कोरोना भाइरस संक्रमण लगायतका कारण पूर्वराजाले सर्वसाधारणलाई टिका लगाईदिएका थिएनन । 

प्रतिक्रिया