काठमाडौं महानगरद्धारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । आजबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा  शिविर सञ्चालन गरेको हो । शिविरमा परीक्षण गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिए नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार हुने बताइएको छ । 
 शिविरमा काठमाडौं महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका प्रतिष्ठान, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको छ । विश्व दृष्टि दिवस २०८० को अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा जाँच गरेको हो ।। 

प्रतिक्रिया