नेपालमा डेंगु संक्रमितको संख्या ३८ हजार नाघ्यो

नेपालमा डेंगु संक्रमितको संख्या ३८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा ईडीसीडीका अनुसार जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित पुष्टि भएको हो । जुलाईयता संक्रमणवाट २० जनाको मृत्यु भएको पुष्टि भैसकेको छ । सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार नौ सय ५ जना संक्रमित भएका छन् । त्यस्तै, गण्डकीमा ६ हजार ८१८, वाग्मतीमा चार हजार ८ सय ८३, सुदूरपश्चिममा एक हजार ८०, लुम्बीनीमा ६ सय ५५ तथा मधेसमा ५ सय ९० जनामा संक्रमण पुष्टि भएको छ।  सबैभन्दा कम कर्णाली प्रदेशका १ सय २८ जना संक्रमित भएको महाशाखा को तथ्यांक छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३२६ जना संक्रमित भएका छन । केही दिनयता उपत्यकामा पनि संक्रमितको संख्या बढदो क्रममा देखिएको छ । 

प्रतिक्रिया