वीर अस्पतालमा सञ्चालित ५९ बेड आईसीयूमध्ये २३ बेड बन्द

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरले अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मी हटाएपछि अस्पतालमा सञ्चालित ५९ बेड आईसीयूमध्ये २३ बेड बन्द भएका छन । स्वास्थ्यकर्मी नभएपछि देशभरबाट आएका बिरामी उपचार नपाएर मारमा परेका छन । अस्पतालका अनुसार कर्मचारी कटौती भएसँगै मानव अंग प्रत्यारोपण, शल्यक्रिया, डायलसिस मात्र नभई इमर्जेन्सी सेवासमेत प्रभावित बनेको छरु।  आईसीयूमा ३८ जनामध्ये २० जना, शल्यक्रियामा १२ जनामध्ये ६ जना, इमर्जेन्सीमा २३ मध्ये १६ जना स्वास्थ्यकर्मी एकैपटक अभाव देखिएको अस्पतालको भनाइ छ । अस्पतालले डाक्टर, नर्स, ल्याब टेक्निसियन, बायो मेडिकल इन्जिनियर, रेडियोग्राफर, इलेक्ट्रिसियनलगायत गरेर २ सय २१ जना स्वास्थ्यकर्मीलाई सेवाबाट हटाएको हो रु। मन्त्रालयलाई करार सेवा निरन्तर दिन र पारिश्रमिक रकम विनियोजन गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेपछि बाध्य भएर हटाउनुपरेको अस्पतालको भनाइ छरु। वीरमा ५ सय बेडको सर्जिकल भवनसहित अस्पतालमा ९ सय ६ बेड सञ्चालनमा छरु। वीर अस्पताल पुराना दरबन्दीका स्वास्थ्यकर्मीबाहेक गत चैततिर लोक सेवा आयोगबाट पठाएका २ सय ४६ जना स्वास्थ्यकर्मीको भरमा छरु। पुराना एक हजार ७८ जना कर्मचारी कार्यरत छन । 
 

प्रतिक्रिया