काठमाडौंमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला
काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।
बुधबार २३ वर्षीया महिला प्रहरी जवान निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
प्रहरीका अनुसार उनको १२ बजेसम्म ड्युटी थियो । ११ बजेतिर ड्युटी छाडेर उनी ब्यारेकमा गएकी थिइन् । पछि सलको पासोमा झुन्डिएको अवस्थामा फेला परिन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया