सर्टिफाईड कलेज अफ अकाउन्टटेन्सीले काठमाडौंमा बकतृत्व कला प्रतियोगिता गर्ने

काठमाडौं । आगामी माघ २६ गते अर्थात्, फेब्रुअरी ८ मा सर्टिफाईड कलेज अफ अकाउन्टटेन्सी (सीसीए) कलेजको आयोजनामा काठमाडौंमा पहिलोपटक बकतृत्वकला प्रतियोगिता हुने भएको छ ।

सर्टिफाईड कलेज अफ अकाउन्टटेन्सी  कलेजको आयोजनामा नेपालको प्रमुख एसीसीए संस्थाले अन्तर–विद्यालय बकतृत्वकला प्रतियोगिता २०२५ गर्ने  भएको हो । प्रतियोगिताले कक्षा १२ मा अध्ययन गर्ने  विद्यार्थीहरूलाई सार्वजनिक भाषण, सिर्जना र आत्मविश्वासको क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्न उत्कृष्ट मञ्च प्रदान गर्ने सर्टिफाईड कलेज अफ अकाउन्टेसीका निर्देशक मनिष शर्माले जानकारी दिए ।

प्रतियोगितामा काठमाडौंका  २५ भन्दा बढी विद्यालयहरूले भाग लिने र विद्यालयहरुबीच कडा प्रतिस्पर्धा हुने निर्देशक शर्माको भनाई छ । प्रतियोगिताले विद्यार्थीहरुको शैक्षिक र व्यावसायिक सफलताका लागि अत्यावश्यक पर्ने आलोचनात्मक सोच, उच्चारण, आत्माविश्वास तथा विचारोत्तेजक भाषण कला प्रस्तुत गर्न सहयोग पुरयाउने विश्वास लिइएको छ  ।

प्रतियोगिताको विजेताले एउटा ट्याब्लेट, प्रमाणपत्र र मेडल, पहिलो रनर–अपले स्मार्टवाच, प्रमाणपत्र र मेडल, दोस्रो रनर–अपले हेडफोन, प्रमाणपत्र र मेडल र सबै सहभागीहरूलाई सहभागी प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै प्रतियोगितामा भाग लिन आएका विद्यालयका प्रतिनिधिहरूलाई  कलेजले विशेष सम्मान स्वरुप मायाको चिनो प्रदान गरिनेछ ।

कार्यक्रम आगामी माघ २६ गते अर्थात्, फेब्रुअरी ८ तारीखका दिन बानेश्वर थापागाउ स्थित बिजुली बजारमा रहेको कृष्टल पार्टी भेन्यूमा  बिहान ९ बजे सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगीलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ  ।
 

प्रतिक्रिया

फेसबुक,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौँः मन्त्री गुरुङ

फेसबुक,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौँः मन्…

मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह

मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्…

घरको छानामा जस्तापाता राख्न शुक्लाफाँटा नगरपालिका विपन्न परिवारलाई रकम उपलब्ध गराउँदै

घरको छानामा जस्तापाता राख्न शुक्लाफाँटा नगरपालिका विपन्न परिवारलाई रकम उपलब्ध…

अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो : अध्यक्ष दाहाल

अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो : अध्यक्ष दाहाल

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री लेखक

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री लेखक

निकुञ्ज र मध्यवर्ती क्षेत्रका समस्या समाधान गर्न गाह्रो भयो : प्रदेशमन्त्री चौधरी

निकुञ्ज र मध्यवर्ती क्षेत्रका समस्या समाधान गर्न गाह्रो भयो : प्रदेशमन्त्री चौधरी

सवारी दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान शुरु

सवारी दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान शुरु

माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल