चिनियाँ नयाँ वर्षमा धेरै पर्यटक भित्रिए

एजेन्सी । चिनियाँ नयाँ वर्षमा मनाइने वसन्त पर्वको अवधिमा यस पटक बिगतको तुलनामा धेरै पर्यटक भित्रिएका छन् । 

२०२५ को वसन्त पर्वको अवधिमा चीनमा पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढेको चीनको उद्योग तथ्याङ्कले देखाएको छ।वसन्त चाड चीनको सबैभन्दा ठूलो वार्षिक उत्सव मानिन्छ ।  जसमा देशभरका करोडौं मानिसहरू चिनियाँ नयाँ वर्ष मनाउन आफ्नो गृहनगर वा लोकप्रिय रमणीय स्थलहरूमा फर्किन्छन्। चीनमा यस वर्षको आठ दिन लामो बिदा  समापन भएको छ ।

२९जनवरी २०२५ मा चिनियाँ नयाँ वर्ष शुरु भएको हो । ८ दिनसम्म नयाँ वर्ष मनाइने गरिन्छ । चीनमा परम्परागत चाडपर्वको अनुभव लिन खोज्ने पर्यटकहरु गत वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएको जनाइएको छ 

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको “आइस सिटी“ हार्बिन, आश्चर्यजनक बरफ मूर्तिकला र शीतकालीन खेल संस्कृतिका लागि परिचित छ । यो क्षेत्रमा पर्यटकहरूको संख्या वर्षमा छ प्रतिशतले बढ्दै गएको छ जुन बिभिन्न देशका पर्यटकको मनपर्ने छुट्टीको गन्तव्य बनेको छ।

चीनमा सबैभन्दा लोकप्रिय स्की क्षेत्रहरू उत्तरी प्रान्तहरूमा हुन्छन् । जसमा हेइलोङजियाङ, जिलिन, हेबेई र सिनजियाङ, साथै बेइजिङ समावेश छन्। वसन्त पर्वले चीनको भिसा नीतिलाई निरन्तर खुकुलो बनाएपछि विदेशी पर्यटकहरू आउने संख्यामा पनि वृद्धि भएको छ । 


 

प्रतिक्रिया