दुई हजार दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


काठमाडौं । कारोबार हुने साताको चौथौ दिन बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ बढेको हो ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९ सय रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बढेर तोलामा १ हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ । 

प्रतिक्रिया