नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघ्यो

नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका ईडीसीडी को तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै धादिङ जिल्लामा ३ हजार १२० सङ्क्रमित छन् । तनहुँमा ३ हजार १ सय १७ जना संक्रमित भएका छन् भने मोरङमा २ हजार २७० संक्रमित भएका छन् । यस्तै, कास्की ७६९ जनामा पुष्टि हुँदा काठमाडौँमा ७ सय ५१ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ । उता संखुवासभामा ४ सय ९३ जना संक्रमण पुष्टि हुँदा कैलालीमा ४६७ जनामा संक्रमण भएको छ । धनकुटामा संक्रमितको संख्या ४ सय ४२ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६ सय २० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगुको जोखिम अझै एक महिना रहने महाशाखाको भनाइ छ । 
 

प्रतिक्रिया