जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

ललितपुर । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८१ फागुन १६ गतेदेखि हुने भएको छ । 

मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोजक संवाद फाउण्डेशनले यसबारेमा जानकारी दिएको हो । महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरुले आवेदन दिएका र नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी रहेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री रेखा थापाले कलाकारको भूगोलको सीमाना नहुने र सबै भूगोलको कलाकार हुने बताइन् । कला र महिलाको जननी मिथिला सभ्यता भएको भन्दै महोत्सवले नेपालको पर्यटन प्रवद्र्धन गर्ने विश्वास लिएको पनि बताइन् । 

महोत्सवको उद्देश्य नेपालमा चलचित्रको महत्व बुझाउनु रहेको बताइएको छ । साथै नेपाली चलचित्रलाई विश्वभर प्रस्तुत गर्नु, चलचित्र साक्षरताको प्रदर्शन गर्नु लगायतका उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । 
 

प्रतिक्रिया

सर्टिफाईड कलेज अफ अकाउन्टटेन्सीले काठमाडौंमा बकतृत्व कला प्रतियोगिता गर्ने

सर्टिफाईड कलेज अफ अकाउन्टटेन्सीले काठमाडौंमा बकतृत्व कला प्रतियोगिता गर्ने

फेसबुक,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौँः मन्त्री गुरुङ

फेसबुक,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौँः मन्…

मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह

मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्…

घरको छानामा जस्तापाता राख्न शुक्लाफाँटा नगरपालिका विपन्न परिवारलाई रकम उपलब्ध गराउँदै

घरको छानामा जस्तापाता राख्न शुक्लाफाँटा नगरपालिका विपन्न परिवारलाई रकम उपलब्ध…

अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो : अध्यक्ष दाहाल

अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो : अध्यक्ष दाहाल

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री लेखक

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री लेखक

निकुञ्ज र मध्यवर्ती क्षेत्रका समस्या समाधान गर्न गाह्रो भयो : प्रदेशमन्त्री चौधरी

निकुञ्ज र मध्यवर्ती क्षेत्रका समस्या समाधान गर्न गाह्रो भयो : प्रदेशमन्त्री चौधरी

सवारी दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान शुरु

सवारी दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान शुरु