आज समापन हुँदै जितिया पर्व

थारू जातिले मनाउने जितिया पर्व आज समापन हुँदै छ । तराईमा बसोबास गर्ने थारू समुदायले मनाउने यो पर्वमा शनिबार महिलाले व्रत बसेका थिएरु। आज अन्तिम दिन बिहानैदेखि तालतलैयामा नुहाएर कठोर व्रत बस्ने थारू महिलाले दिनभर नाचगान गरेर विभिन्न परिकार पाहुनालाई खुवाउने, एक ठाउँमा भेला भएर जितवाहनको पूजा गर्ने चलन रहेको छरु।  यो पर्वमा विभिन्न पोखरीमा पूजा गर्ने, आफ्नो दाजुभाइको सुख, शान्ति, श्रीमान्, सन्तानको दीर्घायु, सुख समृद्धि, मनोआकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले जितियाको व्रत लिने गरिन्छ ।  थारू पुरुष र महिलाले घर घरमा नाचगान गरी जितिया पर्व मनाउछन । थारू समुदायको महान् पर्वका रूपमा लिने गरिएको जितिया पर्वमा महिलाले पानी पनि नखाइकन शनिबार कठोर व्रत लिने, सन्तानको दीघार्यु, सुख शान्ति, मनोकामना पूरा हुने विश्वास गरिन्छ । थारू महिलाले जितियामा कठोर व्रत लिई पूजा गरी तालतलैयामा पूजा अर्चना गर्ने, दिनभरि रमाइलो गर्ने गर्दछन ।

प्रतिक्रिया